aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेफ्टा अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ जेठ २०८०
नेफ्टा अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

काठमाडौं । नेपाली चलचित्रमा काम गर्ने प्राविधिकहरूको छाता सङ्गठन नेपाल प्राविधिक सङ्घ (नेफ्टा) को एघारौँ संस्करणको चलचित्र अवार्डको उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल चलचित्रकर्मी र चलचित्र सार्वजनिक गरिएको छ । आइतबार काठमाडौँमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले मनोनयनमा पर्न सफल २५ विधाका चलचित्रकर्मीलाई प्रमाणपत्र प्रदान गरे । 

उनले प्राविधिक मिलेर अवार्ड गर्नु र अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्य राख्नु प्रशंसनीय कार्य रहेको बताए । “यस्ता अवार्डले विदेशी बजारमा नेपाली चलचित्रलाई प्रवर्द्धन गर्नेछ भन्नेमा विश्वत छु । त्यो जरुरी पनि छ । किनकि हाम्रो बजार बढिरहेको सुन्ने गरेको छु”, उपराष्ट्रपति यादवले भनु, “छ दशकभन्दा लामो इतिहास बोकेको चलचित्र क्षेत्रलाई यहाँसम्म ल्याउन भूमिका खेल्नेलाई धन्यवाद । अब नेपालबाहिर हाम्रो प्रभाव पार्न भूमिका खेल्न आवश्यक छ ।”

गत वर्ष विक्रम संवत २०७९ मा प्रदर्शन भएका चलचित्रबाट अवार्डमा सहभागी भएकाहरूमध्ये उत्कृष्ट पाँच मनोनयन गरिएको हो । नेफ्टाका अध्यक्ष पुस्कर लामाले नेपाली चलचित्रसँगै विदेशी बजारमा संस्कृतिको प्रवर्द्धन गर्नु उद्देश्य रहेको बताए । “हामीले विदेशमा बढिरहेको नेपाली चलचित्र बजारलाई बढाउने उद्देश्यले विदेशमा अवार्ड गरिरहेका छौँ । हाम्रो उद्देश्य नै यो क्षेत्रलाई अगाडि बढाउनु हो”, अध्यक्ष लामाले भने । अघिल्ला पाँच संस्करण विदेशी भूमिमा अवार्ड सम्पन्न गरेको नेफ्टाले यसपटक पनि आगामी साउन ६ गते अमेरिकाको टेक्सासमा गर्दैछ ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार नीर शाह, रमेश उप्रेती, भुवन चन्द, चैत्य देवी, बसुन्धरा भुसाल, दीपाश्री निरौला, बेनिशा हमाल, निर्मल शर्मा, निर्देशक हेमराज विसी, निर्माता मणिराम पोखरेल लगायतको उपस्थिति रहेको थियो ।    उत्कृष्ट पाँचको मनोनयन यसप्रकार छ ।

    चलचित्र 
    कबड्डी ४
    छक्का पञ्जा ४
    ऐना झ्यालको पुतली
    द सेक्रेट्स अफ राधा
    चिसो मान्छे

    निर्देशक
    रामबाबु गुरुङ–कबड्डी ४
    हेमराज बीसी–छक्का पञ्जा ४
    सुवर्ण थापा–द सेक्रेट्स अफ राधा
    दीपेन्द्र के खनाल–चिसो मान्छे
    ज्ञानेन्द्र देउजा–झिँगेदाउ

    अभिनेता
    बिपिन कार्की–फूलबारी
    दयाहाङ राई–कबड्डी ४
    दीपकराज गिरी–छक्का पञ्जा ४
    अनमोल केसी–ए मेरो हजुर ४
    प्रदीप खड्का–प्रकाश

    अभिनेत्री
    अरुणा कार्की–फूलबारी
    स्वस्तिमा खड्का–चिसो मान्छे
    मेनुका प्रधान–पानीफोटो
    सृष्टि श्रेष्ठ–द सेक्रेट्स अफ राधा
    मिरुना मगर–कबड्डी ४

    सहायक अभिनेता
    रवि गिरी– ए मेरो हजुर ४
    खगेन्द्र लामिछाने–द सेक्रेट्स अफ राधा
    केदार घिमिरे–छक्का पञ्जा ४
    सौगात मल्ल–कबड्डी ४
    दयाहाङ राई–फूलबारी
 
    सहायक अभिनेत्री
    दीया मास्के–प्रकाश
    हिउँवाला गौतम–झिँगेदाउ 
    सिरु विष्ट–ऐना झ्यालको पुतली
    लक्ष्मी बर्देवा–प्रेमगीत ३
    दीपाश्री निरौला–छक्का पञ्जा ४
 
    नव अभिनेता
    सुशील खड्का–नालापानी
    कुशल विष्ट–झिँगेदाउ
    निशान चौहान–डेसान
    दिनेश खत्री–ऐना झ्यालको पुतली
    राइडर प्रसन–प्रेमगञ्ज
 
    नव अभिनेत्री
    कृष्टिना गुरुङ–प्रेमगीत ३
    कन्चन चिमरिया–ऐना झ्यालको पुतली
    रक्षा बुढाथोकी–लाखे
    सुप्रिया खनाल–प्रेमगञ्ज
    गौमाया गुरुङ–कबड्डी ४
 
    रङ संयोजन
    रजन राना–द सेक्रेट्स अफ राधा
    राजेन्द्र मोक्तान–ऐना झ्यालको पुतली
    राजेन्द्र मोक्तान–ए मेरो हजुर ४
    कपिल पराजुली–छक्का पञ्जा ४
    अर्जुन कार्की–कबड्डी ४
 
    छायांकार
    नरेन्द्र मैनाली–छक्का पञ्जा ४
    सञ्जय लामा–ए मेरो हजुर ४
    अमर महर्जन–ऐना झ्यालको पुतली
    राजेश श्रेष्ठ – प्रकाश
    नरेन्द्र मैनाली–द सेक्रेट्स अफ राधा
 
    सम्पादन
    विपिन मल्ल–नालापानी
    किरण श्रेष्ठ–ऐना झ्यालको पुतली
    निमेष श्रेष्ठ–द सेक्रेट्स अफ राधा
    निमेष श्रेष्ठ–छक्का पञ्जा ४
    निमेष श्रेष्ठ–कबड्डी ४
 
    पटकथा
    सुजित बिडारी–ऐना झ्यालको पुतली
    सुवर्ण थापा–द सेक्रेट्स अफ राधा
    रिमेश अधिकारीरकृष्ण आचार्य–नालापानी
    रामबाबु गुरुङरउपेन्द्र सुब्बा –कबड्डी ४
    उपेन्द्र सुब्बा–फूलबारी
 
    पाश्र्व ध्वनि
    शैलेश श्रेष्ठ–ए मेरो हजुर ४
    सङ्गम पन्त–ऐना झ्यालको पुतली
    सुजिल कर्माचार्य–छक्का पञ्जा ४
    रोहित शाक्यरशैलेश श्रेष्ठ–छक्का पञ्जा ४
    रोहित शाक्यरशैलेश श्रेष्ठ–फूलबारी
 
    ध्वनि मिश्रण
    उत्तम न्यौपाने–फूलबारी
    सुनयमान श्रेष्ठ–छक्का पञ्जा ४
    अमित श्रेष्ठ–ए मेरो हजुर ४
    उत्तम न्यौपाने–लाखे
    अमित श्रेष्ठ–मन्त्र
 
    द्वन्द्व निर्देशक
    रोशन श्रेष्ठ–नालापानी
    रोशन श्रेष्ठ–झिँगेदाऊ
    हिमाल केसी–प्रेमगीत ३
    सम्राट बस्नेत–लाखे
    एनबी महर्जन÷कुमार महर्जन–सोल अफ द कमाण्डो
 
    कला निर्देशक
    आशिका शर्मा–प्रकाश
    काला सङ्ग्रौला–ऐना झ्यालको पुतली
    विनोद कडायत–प्रेमगीत ३
    कृष्ण राईरउद्धवराज भट्टराई – नालापानी
    पासाङ टी शर्मा–मन्त्र
 
    वेशभूषा
    सुजनरत्न परियार–द सेक्रेट्स अफ राधा
    बिनिता कडायत–चिसो मान्छे
    जानकी कडायत–ऐना झ्यालको पुतली
    कमलप्रसाद मिश्र–नालापानी
    सुनिता श्रेष्ठ–छक्का पञ्जा ४
 
    शृङ्गार
    शमशेर लामारझरना राई–द सेक्रेट अफ राधा
    शमशेर लामा–चिसो मान्छे
    रवि केसीरनिशा लामा–नालापानी
    मनोज तामाङरकाव्या थापा–ए मेरो हजुर ४
    श्रद्धा मास्केरसरस्वती श्रेष्ठ–छक्का पञ्जा ४
 
    नव–निर्देशक
    सुजित बिडारी–ऐना झ्यालको पुतली’
    खगेन्द्र लामिछाने–पानी फोटो
    शिवहरि पौडेल–लक्का जवान
    परिच्छेद सेन–प्रेमगञ्ज 
    रिमेश अधिकारी–नालापानी
 
    भिएफएक्स
    अच्युत गजुरेल–नालापानी
    गड रेज पिक्चर्स–प्रेमगीत ३
    द पिक स्टुडियो–झिँगेदाउ
    समिर मिया–प्रेमगञ्ज
    सत्यम रानारअच्यूत बजगाईं–ए मेरो हजुर ४

    गीतकार
    आमाको मन–प्रमोद ढुङ्गाना ९झिँगेदाउ०
    फेरि भेट होला नहोला–कृष्णहरि बराल ९प्रेमगन्ज०
    आज युद्ध शिरमा छ–सुजिल कर्माचार्य ९नालापानी०
    सिरुपाते जुँगामा–शङ्कर अधिकारी घायल ९छक्का पञ्जा ४०
    उड उड चरी उड–कालीप्रसाद बासकोटा ९फूलबारी०
 
    सङ्गीतकार
    उड उड चरी उड–कालिप्रसाद बासकोटारअनुपम शर्मा ९फूलबारी०
    आँखामा सपना केसरी–एसडी योगी ९ कबड्डी ४०
    सिरुपाते जुँगामा–बबुल गिरी ९छक्का पञ्जा ४०
    फेरि भेट होेला नहोला–गैरे सुरेश ९प्रेमगन्ज०
    कुनै दिन यस्तो–अर्जुन पोखरेल ९कृष्णलीला०
 
    गायन पुरुष
    उड उड चरी उड–कालीप्रसाद बासकोटा ९फूलबारी०
    आँखामा सपना केसरी–एसडी योगी ९ कबड्डी ४०
    सिरुपाते जुँगामा–बाबुल गिरी ९छक्का पञ्जा ४०
    बाबरी रङ्गमा रङ्गिएर– अनमोल गुरुङ ९बाबरी०
    कुनै दिन यस्तो–अर्जुन पोखरेल ९कृष्णलीला०
     
    गायन महिला
    कुनै दिन यस्तो–अन्जु पन्त ९कृष्ण लीला०
    फेरि भेट होला नहोला– स्वस्किा ठकुरी ९प्रेमगञ्ज०
    बाबरी रङ्गमा रङ्गिएर–अस्मिता अधिकारी ९बाबरी०
    मीठो मीठो मनभित्र–देबाञ्जली बी जोशी ९ह्यारी की प्यारी०
    हर युग होस्–प्रविशा अधिकारी ९प्रेमगीत ३०
 
    नृत्य निर्देशक
    घिन घिन ताङ–कविराज गहतराज (छक्का पञ्जा ४)
    माया जदौ–कविराज गहतराज (हिजो आजका कुरा)
    मन त सँधै लक्का जवान–कविराज गहतराज (लक्का जवान)
    आगो बिना बिँडी जल्दैन–रामजी लामिछाने (झिँगेदाउ)
    हात्ती ढुङ्गामा–कविराज गहतराज (प्रेमगीत ३)रासस

प्रतिक्रिया दिनुहोस