
काठमाडौं । माई खोला हाईड्रोपावर लिमिटेडको आईपीओ सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको कुल३९ लाख २१ हजार ५६८ कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब यो शेयर मंगलवार धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दामा वितरण गरेको ३ लाख ९२ हजार १५७कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको १५ लाख २९ हजार ४११ कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको २० लाखकित्ता गरेर कुल ३९ लाख २१ हजार ५६८ कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. १११ दशमलव ६७ देखि अधिकतम रु. ३३५ दशमलव शून्य १ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर मंगलबारदेखि कारोबारमा आउनेछ ।
साथै कम्पनीले शेयर सूचीकरण पश्चात् दिनुपर्ने आरटीएस सेवा प्रभु क्यापिटल लिमिटेडबाट हुने जानकारी दिएको छ । कम्पनीको स्टक सिम्बोल एमएकेएचएल रहेको छ ।
प्रतिक्रिया दिनुहोस