aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

प्रभु लाइफले संशोधन गर्याे लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ जेठ २०८०
प्रभु लाइफले संशोधन गर्याे लाभांश प्रस्ताव

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम लाभांश प्रस्ताव संशोधन गरेको हो ।

यस अघि वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. २ अर्बको आधारमा १० दशमलव ५२६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

उक्त प्रस्ताव स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको कम्पनीलाई प्राधिकरणले वैशाख २९ गते वित्तीय विवरण परिमार्जन गर्न निर्देशन दिएको थियो । कम्पनीले वित्तीय विवरण परिमार्जन गर्दैृ लाभांश समेत संशोधन गरेको हो । 

संशोधित लाभांश ९ दशमलव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५१५८ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीको संशोधित यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी साधारण सभाले पारित गरेपछि वितरणयोग्य हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस