aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिटी होटलको आईपीओ शुक्रबार बाँडफाँट हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ जेठ २०८०
सिटी होटलको आईपीओ शुक्रबार बाँडफाँट हुने

काठमाडौं । सिटी होटल लिमिटेडको आईपीओ जेठ ५ गते शुक्रवार बाँडफाँट हुने भएको छ । शुक्रवार बिहान ८ः३० बजे सिटी होटलमा आईपीओ बाँडफाँट हुने विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको हो ।  

कम्पनीले वैशाख २५ देखि २८ गतेसम्म १३ लाख ५५ हजार ९४० कित्ता आईपीओ सर्वसाधारणमा विक्रीमा ल्याएको थियो । उक्त आईपीओमा अन्तिम दिनसम्म ११ लाख ६१ हजार २८० जना आवेदकबाट १ करोड २७ लाख ८८ हजार ९९० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

यी आवेदक मध्येबाट भाग्यमानी १ लाख ३५ हजार ५९४ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्ने छन् । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस