aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

साल्ट ट्रेडिङग कर्पोरेशनले वितरण गर्यो १० प्रतिशत बोनस शेयर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ जेठ २०८०
साल्ट ट्रेडिङग कर्पोरेशनले वितरण गर्यो १० प्रतिशत बोनस शेयर

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले चैत १० पारित गरेको १० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले उक्त बोनस शेयर वापतको २ लाख ५३ हजार ५३१ दशमलव १९ कित्ता बोनस शेयर वैशाख १ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको थियो ।

धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात् सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा कम्पनीले बोनस शेयर जम्मा गरेको हो । यस वर्ष कम्पनीले गत आर्थिक वर्ष ०७८÷७९ को मुनाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गरेको हो । कम्पनीले बोनस शेयरसँगै कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । 

लाभांश प्रयोजनका लागि कम्पनीले फागुन २६ गतेदेखि चैत १० गतेसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन २५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् ।

फागुन २५ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएको छ । कर्जा राफसाफ भैसकेको भए फुकुवा गर्न समेत कम्पनीले आग्रह गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस