
काठमाडौं । सरकारले ५० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निशुल्क विद्युत उपलब्ध गराउने भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जनाएका हुन् ।
यसका साथै आगामी दुई वर्ष भित्र सबैको घरमा विद्युत पुर्याउने समेत सरकारको घोषणा छ । वर्षायाममा मासिक ५० युनिट र हिउँदमा याममा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निशुल्क विद्युत उपलब्ध गराइने बताए । खाना पकाउने ग्यासलाई विद्युतबाट चल्ने बनाइने समेत सरकारको घोषणा छ ।
प्रतिक्रिया दिनुहोस