aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

पाँच कम्पनीको ५७ लाख ८६ हजारभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ जेठ २०८०
पाँच कम्पनीको ५७ लाख ८६ हजारभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । आइतवार पाँच कम्पनीको बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको ८ दशमलव ५३४ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १० प्रतिशत, लक्ष्मी लघुवित्तको १५ प्रतिशत, इन्फिनिटी लघुवित्तको २० प्रतिशत र सबैको लघुवित्तको १८ प्रतिशत बोनस शेयर वापतको कुल ५७ लाख ८६ हजार ९४२ दशमलव ४६७ कित्ता शेयर सूचीकृत भएको हो ।

 सांग्रिला डेभलपमेन्ट बैंकले चैत १७ गते , एनएजली इन्स्योरेन्सले चैत २० गते , लक्ष्मी लघुवित्तले फागुन २९ गते , इन्फिनिटी लघुवित्तले फागुन १३ गते र सबैको लघुवित्तले फागुन २६ गते वार्षिक साधारण सभामार्फत पारित बोनस शयर कारोबारयोग्य बनाएका हुन । सोमवारदेखि कारोबारयोग्य हुने कम्पनी शेयर सम्बन्धित शेयरधनीहरूले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस