aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अरुण भ्याली हाइड्रोलाई शतप्रतिशत हकप्रद निष्कासन गर्ने पूर्व स्विकृति पायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ जेठ २०८०
अरुण भ्याली हाइड्रोलाई शतप्रतिशत हकप्रद निष्कासन गर्ने पूर्व स्विकृति पायो

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ । जलविद्युत कम्पनीहरूले हकप्रद शेयर निष्कासनको लागि निर्णय गरेपश्चात् विद्युत् नियमन आयोगको पूर्वस्वीकृति लिनुपर्ने हुन्छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग हकप्रद निष्कासनका लागि अनुमति माग गर्दा कम्पनीहरूले अनिवार्य रुपमा विद्युत् नियमन आयोगको पूर्वस्वीकृति समेत पेश गर्नुपर्ने हुन्छ ।

कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० को आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । विद्युत नियमन आयोगले जेठ ५ गते कम्पनीलाई हकप्रद निष्कासनका लागि पूर्व स्वीकृति प्रदान गरेको हो । अब कम्पनीले नेपाल धितोपत्र बोर्ड समक्ष हकप्रद निष्कासनका लागि अनुमति माग गर्न सक्नेछ । बोर्डको स्वीकृति पछि कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ । शत प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० पुग्नेछ । 

कम्पनीले हकप्रद शेयर बिक्रीबाट प्राप्त रकममध्ये रू. ९३ करोड ३९ लाख ८१ हजार ३०० पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको ३० मेगावाट क्षमताको लिखु खोला जलविद्युत आयोजना निर्माणका लागि संस्थापक शेयरमा लगानी गर्ने निर्णय कम्पनीले गरेको छ । 

बाँकी रू. ९३ करोड ३९ लाख ८१ हजार ३०० रकम कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरूबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने बताएको छ । 
 

प्रतिक्रिया दिनुहोस