aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

बस चालकहरु होसियार ! विभागले थाल्यो अनुगमन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ असोज २०७६
बस चालकहरु होसियार ! विभागले थाल्यो अनुगमन

काठमाडौं । लामो यात्राका बस चालक तथा सहचालकहरुबाट हुने गल्तिहरुलाई उन्मुलन गर्नका लागि बुधबार (आज) देखि अनुगमन गरिने भएको छ । यात्रुहरुसँग दशैंको मौका छोपेर बढि भाडा तिराउने, चाहिने भन्दा बढि यात्रु चढाउने, कोलियामा यात्रु हाल्ने, यात्रुको सट्टा सामान बोक्ने, यात्रुलाई नराम्रो व्यवहार गर्ने लगायतका घटना लामो यात्रा गर्ने यात्रुहरुका लागि सेवा दिने उद्देश्यले आजदेखि अनुगमन गर्न थालिएको हो । 

पछिल्लो समय यातायात व्यवसायीबाटै यात्रुहरु ठगिने तथा मारमा पर्ने सूचना बेलाबेलामा आईरहेका कारण यात्रु सुरक्षाका लागि व्यवासायीहरुसँगै मिलेर अघि बढ्न यातायात व्यवस्था विभाग लागिपरेको हो । 

लामो यात्राका बस चालक तथा सहचालकहरुबाट हुने यस्ता गल्तिहरुलाई उन्मुलन गर्नका लागि अनुगमन थालिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । उनका अनुसार विभागले यात्रुलाई सहजता प्रदान गर्नकै लागि काठमाडौंका विभिन्न स्थानमा यात्रु सहायता कक्षहरु समेत निर्माण गरिएको छ । यात्रुलाई चाडपर्वको अवसरमा सहज वातावारणमा गन्तव्यमा पुग्नका लागि व्यवसायीले लागु गर्नुपर्ने विभिन्न नियम समेत बनाईएको उनको भनाई छ । 

यस्तै यातायात व्यवसायी पनि सरकारले खाल्डाखुल्डी भएका बाटोहरुको मर्मत गरिदिए यात्रुलाई सुरक्षित साथ गन्तव्यमा पुर्याउन कुनै कसुर बाँकी नराख्ने बताउँदै आएका छन । यात्रु सुरक्षा र यात्रु सहायताका लागि आफ्नो तर्फबाट जतिसक्दो लागिपर्ने यातायात व्यवासायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । 

उनका अनुसार टिकट काउन्टरको व्यवस्थापन, बसहरुको व्यवस्थापन लगायतका कुराहरुको व्यवस्थापनामा व्यवसायीहरु जुटिसकेका छन । व्यवसायीहरु बिहीबार सडक मर्मत लगायत यात्रु सहायताका विषयमा छलफल गर्नका लागि विभागिय मन्त्रीसँग भेट्ने कार्यक्रम रहेको समेत महासचिव सिटौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस