aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

फिल्म स्टारहरुको पारिश्रमिकले सबै सीमा नाघ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ जेठ २०८०
फिल्म स्टारहरुको पारिश्रमिकले सबै सीमा नाघ्यो

एजेन्सी । आजकल फिल्म स्टारहरुको पारिश्रमिकले सबै सीमा नाघेको छ । कोही बलिउड स्टारले फिल्मका लागि सय करोड भारु लिइरहेका छन् भने कोही फिल्मको सफलतापछि करोडौं कमाइसकेका छन् । तर, भारतीय साउथका स्टारहरु पनि पारिश्रमिकको मामिलामा बलिउड स्टारहरु भन्दा कम छैनन् । केही दिन अघि बाहुबलीका नायक प्रभासले आदिपुरुषका लागि करिब १०० देखि १५० करोड भारु लिएको खबर आएको थियो । तर, पछिल्लो समाचार अनुसार साउथका एक सुपरस्टारले आफ्नो अर्को फिल्मका लागि २०० करोड भारु लिन लागेका छन् । 

साउथका सुपरस्टार विजय वेंकट प्रभुको अर्को फिल्ममा देखिने बताइएको छ । विजय आफ्नो एक्शन फिल्मका लागि परिचित छन् र उनको फ्यान फलोइङ अचम्मको छ। वेंकट प्रभुको फिल्मको खबर आउने बित्तिकै विजयले आफ्नो फिल्मका लागि २०० करोड भारु लिन सक्ने बताइएको छ । विजयको २०० करोड भारुको पारिश्रमिक सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । तर, आधिकारिक रुपमा अहिलेसम्म केही भएको छैन ।

साउथ सुपरस्टार विजयको कुरा गर्दा उनका फ्यानहरुले उनको फिल्म निकै मन पराउँछन् । उनको क्रेज पनि फ्यानहरु माझ निकै अचम्मको छ । विजयलाई तालपति पनि भनिन्छ। उनका चर्चित चलचित्रको कुरा गर्दा थेरी, मेर्सल, सरकार, बिगिल, मास्टर, बिस्ट र वारिसुको नाम आउँछ । उनको आगामी फिल्म लियो हो ।

साउथ सुपरस्टार विजयको अर्को फिल्म लियोलाई लोकेश कनागराजले निर्देशन गर्दैछन् । फिल्मको बजेट करिब २५० देखि ३०० करोड रहेको बताइएको छ । फिल्ममा विजयसँगै त्रिशा र सञ्जय दत्त पनि देखिनेछन् । यसरी उनका फ्यानहरु लियोको प्रतिक्षामा छन् ।

प्रतिक्रिया दिनुहोस