
काठमाडौं । हाथवे स्टक डिलर लिमिटेडले वैशाख ६ गतेदेखि विक्रीमा ल्याएको हकप्रद शेयर जेठ २४ गतेसम्म विक्रीमा रहने भएको छ । कम्पनीले चैत २१ गते सुचना जारी गर्दै आगामी जेठ ९ गतेसम्म १ बराबर शून्य ६३ को अनुपातमा हकप्रद शेयर विक्री गर्ने जानकारी दिएको थियो ।
जेठ ९ गते कम्पनीले पुनः सुचना जारी गर्दै जेठ २४ गतेसम्मको अवधि थप गरेको जानकारी दिएको हो । कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरमा हकप्रद शेयर जारी गरेको हो ।
हकप्रद निष्कासन गर्ने सम्बन्धि प्रस्ताव कम्पनीको गत असोज २८ गते सम्पन्न प्रथम वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस