aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ असोज २०७६
एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको २४ औं वार्षिक साधारण सभा असोज १ गते बुधबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै गत आव २०७५÷७६ को लेखा परिक्षणका नियुक्त गरेको छ । 

बीमा समितिले तोके बमोजिमको चुक्तापूँजी यस कम्पनीले कायम गरिसकेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४ करोड २९ लाख ४८ हजार  रुपैयाँ  रहेको छ । कम्पनीले चुक्तापूँजी वृद्धि गर्न ४०५ प्रतिशत हकप्रदको सहारा लिएको थियो । पहिलो चरणमा कम्पनीले १०५ प्रतिशत संस्थापकलाई र  दोस्रो चरणमा १०५ प्रतिशत संस्थापक र सर्वसाधारण दुवैलाई विक्री गरेको थियो । 

गत आव २०७५÷७६ मा कम्पनीले अघिल्लो आवको तुलनामा १० प्रतिशत बढी नाफा बढाएर  ६ करोड ८ लाख ६ हजार  रुपैयाँ  खुद नाफा गरेको छ । अघिल्लो आवमा  ५ करोड ४९ लाख ५० हजार  रुपैयाँ  खुद नाफा कमाएको थियो । कम्पनीले गत आवमा कुल ८१ करोड १८ लाख १७ हजार  रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत असार मसान्तसम्म कम्पनीले ८७ हजार ८८६ बीमालेख जारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस