aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

विद्युतीय गाडीमा कुन गाडीको कर कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ जेठ २०८०
विद्युतीय गाडीमा कुन गाडीको कर कति पुग्यो ?

काठमाडौं । सरकारले महगो विद्युतीय गाडीमा कर छुटको नीति लिएर सस्तो विद्युतीय गाडीमा करको दर बढाएको छ। ५० देखि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा भन्सार ५ प्रतिशत र १० प्रतिशत अन्तःशुल्क लगाएका छन् । ५० भन्दा ठूलो १०० किलोवाट क्षमतासम्मका विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छ । साथमा महगो विद्युीय गाडी १ सय किलोवाटदेखि २ सय किलोवाटमा भने भन्सार र अन्तःशुल्क घटाए । यसअघिको आर्थिक ऐनमा यस्तो रेन्जका सवारीको कर स्ल्याब नै थिएन ।

अर्थमन्त्री डा प्रकाश शरण महतले बजेटबाट १ सय किलोवाटदेखि २ सय किलोवाटसम्मको गाडीको भन्सार र अन्त ः शुल्क १० र १० प्रतिशत घटाएका छन। यो सेग्मेन्टको भन्सार अब ३० प्रतिशतबाट ४० प्रतिशत र अन्तः शुल्क ३० प्रतिशतबाट बढेर ४० प्रतिशत पुगेको छ । यसभन्दा पहिला  १००देखि २०० किलोवाट क्षमतासम्मका सवारीमा २०र२० प्रतिशत भन्सार र अन्तशुल्क दर तोकिएको थियो ।  

यस्तै २ सयदेखि ३ सय किलोवाटसम्मका विद्युतीय गाढीमा भन्सार ५ प्रतिशत मात्रै भन्सार घटेको छ।  सरकारले २०० देखि ३०० किलोवाट क्षमतासम्मका सवारीमा भन्सार शुल्क ४० प्रतिशत कायम गरेको छ । यसअघि ४५ प्रतिशत थियो । यो रेन्जका विद्युतीय सवारीमा अन्तशुल्क ४५ प्रतिशत नै कायम छ ।

आगामी आर्थिक वर्षको बजेटले ३०० किलोवाटभन्दा बढी क्षमताका विद्युतीय सवारीको भन्सार दर ६० देखि ८० प्रतिशतसम्म कायम गरिएको छ । यसअघि यस्तो दर ६० प्रतिशत थियो । 

प्रतिक्रिया दिनुहोस