aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

थ्रीस्टार हाईड्रोपावरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा सम्पूर्ण कित्ता बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ जेठ २०८०
थ्रीस्टार हाईड्रोपावरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा सम्पूर्ण कित्ता बाँडफाँट

काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा सम्पूर्ण कित्ता आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले वैशाख ११ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७३ हजार ८७५ कित्ता आईपीओ विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरूमध्ये ७३ हजार ८७ जना आवेदकलाई सम्पूर्ण कित्ता आईपीओ जेठ १६ गते बाँडफाँट गरिएको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीसँगै आयोजना प्रभावित स्थानीयमा समेत आईपीओ विक्री गरेको थियो । स्थानीयमा भने कम्पनीले वैशाख ११ गतेदेखि जेठ ९ गतेसम्म आईपीओ विक्री गरेको हो ।  कम्पनीले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको ४ लाख ९२ हजार ५०० कित्ता आईपीओ भने बाँडफाँट गर्न बाँकी छ । स्थानीयमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीले सर्वसाधारणमा आईपीओ विक्री गर्नछ । 

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले खोटाङ जिल्लामा ६ दशमलव ६ मेगावाट क्षमताको साप्सुप खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ साल पुस २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल निर्माण लागत १ अर्ब ३९ करोड रूपैयाँ र प्रतिमेगावाट लागत २१ करोड ६ लाख रूपैयाँ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस