
एजेन्सी । तेलगु सुपरस्टार नागार्जुनाको अर्गानिक फार्म हाउसमा अज्ञात मानिसको शव फेला परेको छ । जैविक खेतीको सर्वे गर्न गएका एक व्यक्तिले उक्त व्यक्तिको शव फेला पारेपछि उक्त क्षेत्रमा हलचल मच्चिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
नागार्जुनको परिवारले यो फार्म हाउस केहि वर्षपहिला खरिद गरेका थिए । उक्त स्थानमा यसभन्दा पहिला केहि पनि नलगाएकाले फार्म हाउस एक खन्जरमा परिणत भइसकेको थियो । उक्त जमिनलाई नागार्जुनाकी श्रीमति अमलासँग गएर खेती लगाउन थालेका थिए ।
धेरै वर्षदेखि उक्त फार्म हाउसमा कुनै पनि मासिनको आवत जावत नहुने भएकोले फार्म हाउस खन्जर बनेको हो । मृत व्यक्तिका शव ६ महिना पहिलेदेखि उक्त स्थानमा रहेको फरेन्सी एक्पर्टले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस