aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

वैदेशिक रोजगार बीमाबाट कम्पनीहरूले गर्दैछन् राम्रो आम्दानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ जेठ २०८०
वैदेशिक रोजगार बीमाबाट कम्पनीहरूले गर्दैछन् राम्रो आम्दानी

काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगार बीमा व्यवसाय निकै फस्टाएको छ । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमा व्यवसायबाट मात्रै लगभग पौने तीन अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क सङ्कलन गरेबाट यस्तो देखिएको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १० महिनाको अवधिमा वैदेशिक रोजगार बीमा व्यवसाय सञ्चालन गरेका १० कम्पनीहरूले २ अर्ब ७१ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका हुन् । उक्त बीमाशुल्क गत चैत मसान्तको तुलनामा ९.४२ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्म यी कम्पनीहरूले वैदेशिक रोजगार बीमा व्यवसायबाट दुई अर्ब ४७ करोड ९५ लाख रुपैयाँ बराबरको बीमाशुल्क सङ्कलन गरेका थिए । सो रकम उनीहरूले १४ लाख ५९ हजार ३१५ बीमालेख जारी गरी सङ्कलन गरेका हुन् ।

यस अवधिमा वैदेशिक रोजगार बीमा व्यवसायबाट सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यो कम्पनीले यस अवधिमा ७ लाख २६ हजार ६२ढ बीमालेख बिक्री गरी ९५ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेको छ ।

त्यसैगरी, प्राधिकरणका अनुसार वैशाख मसान्तसम्म वैदेशिक रोजगारी बीमा व्यवसाय सञ्चालन गरेका कम्पनीहरूमा सूर्य ज्योति लाइफले ३७ करोड १४ लाख रुपैयाँ, आईएमई लाइफले ३६ करोड ६८ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २० करोड ४२ लाख रुपैयाँ र सानिमा रिलायन्सले २१ करोड ४५ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका छन्। बीमाशुल्क सङ्कलन गरेका छन् ।

त्यस्तै, सिटिजन लाइफले १४ करोड ९१ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १३ करोड ९४ लाख रुपैयाँ, नेशनल लाइफले ११ करोड ९२ लाख रुपैयाँ, प्रभु लाइफले दुई करोड १४ लाख रुपैयाँ र एसियन लाइफले ६३ करोड रुपैयाँ बीमा शुल्क सङ्कलन गरेको प्राधिकरणले जनाएको छ ।

वैशाख महिनामा मात्रै जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमा व्यवसायबाट २३ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् । यस अवधिमा कम्पनीहरूले ५८ हजार ५ सय बीमा लेख बिक्री गरी उल्लेखित बीमाशुल्क सङ्कलन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस