aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

रिलायबलले गर्‍यो क्रिकेट टिमका खेलाडीहरूको म्यादी जीवन बीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ जेठ २०८०
रिलायबलले गर्‍यो क्रिकेट टिमका खेलाडीहरूको म्यादी जीवन बीमा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूको बीमा गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले खेलाडीहरूको म्यादी जीवन बीमा गरिदिएको जानकारी दिएका हुन् । 

उनका अनुसार कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वका कामहरू समेत गर्दै आएको छ । सोहीअन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीहरूको रिलायबल म्यादी जीवन बीमा गरेको हो ।  

‘जीवन बीमा जरुरी छ’ भन्ने मूल नाराका साथ स्थापना भएको यस कम्पनीले स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारमा ५० लाख भन्दा बढी बीमालेखहरु जारी गरी छुट्टै पहिचान राख्न सफल भएको छ । उक्त बीमा हस्तान्तरण कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले राष्ट्रको नाम उच्च राख्ने खेलाडीहरूलाई यस किसिमको सहयोगले अझ बढी प्रोत्साहन गर्ने बताए ।   

 

प्रतिक्रिया दिनुहोस