aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर्न प्रतिबद्ध छौँ: बीवाइडी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ जेठ २०८०
विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर्न प्रतिबद्ध छौँ: बीवाइडी

 काठमाडौं । विद्युतीय सवारी साधनको सबैभन्दा चुनौतीपूर्ण ब्याट्री व्यवस्थापन नै रहेको छ । यसको व्यवस्थापनका लागि बीवाइडी सधैँ प्रतिबद्ध रहेको जनाएको छ । 

सरकारले पनि विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापनको विषयमा बजेटमा नै उल्लेख गरेको छ । त्यसलाई बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले सकारात्मक रूपमा लिएको जनाएको छ । 

नविन टेक्नोलोजी भएका साधन ल्याएर बिक्री गर्ने र राष्ट्रप्रति सधैँ उत्तरदायी भएर काम गर्दै आएको बीवाइडीको दाबी छ । सवारी साधनबाट निस्कने पुराना ब्याट्रीको उचित व्यवस्थापनको कैयौँ तरिका छन् । पावर ब्याकअप गर्ने देखि पूर्ण रूपमा ड्रेन भएको ब्याट्री रि–साइकलको लागि बाहिर पठाउने विषयमा सम्पूर्ण तयारी गरेर बसेको समेत बीवाइडीको दाबी छ । 

बीवाइडीले हरेक गाडीबाट निस्कने लिथियम आयोन ब्याट्रीको उचित व्यवस्थापन गर्न सक्षम रहेको जनाएको छ । यसले भविष्यमा हुनसक्ने ब्याट्रीको डम्पिङ्ग साइटबाट नेपाललाई बचाउने बीवाइडीको विश्वास छ । 

 

प्रतिक्रिया दिनुहोस