
काठमाडौं । टारो बाइकको नेपालका लागी आधिकारिक वितरक ओम मोटोकर्प प्रालिले नेपाली बजारमा उपलब्ध २ मोडलका बाइकको मूल्य घटाएको छ । टारोका दुई मोडल ‘जिपी २–२००’ र ‘जिपी १–२५०’ को मूल्य घटाइएको हो ।
‘जिपी २–२००’ को मूल्य पहिले ५ लाख ५५ हजारबाट घटाएर ४ लाख ७५ हजार रुपैयाँ कायम गरिएको छ । यसमा ८० हजार रुपैयाँ मूल्य कम गरिएको हो । त्यस्तै, ‘जिपी १–२५०’ को मूल्य ६ लाख ७० हजारबाट ६ लाख कायम गरिएको छ । यी बाइकमा क्रमशः ८० हजार र ७० हजार रुपैयाँ मूल्य कम गरिएको छ ।
सरकारले हालै सार्वजनिक गरेको बजेट मार्फत २०० सिसीभन्दा माथिका दुई पाङ्ग्रे सवारी साधनमा पहिले भन्दा केही सहुलियत भएका कारण टारोले पनि मूल्य समायोजन गरेको जानकारी दिएको छ । इटालियन डिजाइनमा निर्मित टारोका बाइकहरू युवावर्गहरुले अत्यधिक मन पराएको स्पोर्ट सेगमेन्ट अन्तर्गतका बाइकहरु हुन् ।
प्रतिक्रिया दिनुहोस