
काडमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारण सभा असोज २९ गते होटल हिमालय, कुपण्डोलमा गर्ने भएको छ । सभाको प्रस्तावमा सर्वासाधारणहरुलाई साधारण शेयर निष्कासन गर्ने साथै, सञ्चालक समितिको रिक्त पदको निर्वाचन गर्ने विषय रहेको छ । सभामा वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने विषय समेत रहेको छ ।
प्रतिक्रिया दिनुहोस