
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट जेठ १९ गतेको परिपत्रबाट स्वीकृत गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार ३९ रुपैयाँदेखि अधिकतम प्रतिहजार ६४ रुपैयाँसम्म बोनसदर पाउनेछन् । नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमालेख योजनामा प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
त्यस्तै, रुपान्तरित सावधिक तथा जीवन बीमा योजना प्रतिहजार न्युनतम ३९ रुपैयाँदेखि ४९ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीका अनुसार बाल सावधिक जीवन बीमा योजना अन्तर्गतको योजनामा प्रतिहजार न्युनतम ५१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन योजनामा न्युनतम प्रतिहजार ५५ रुपैयाँ बोनसदर कायम गरेको छ । त्यस्तै, नयाँ बोनसदरमा धन फिर्ता योजनामा न्युनतम प्रति हजार ५६ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म कायम गरेको छ ।
बाल सावधिक अग्रिम भुक्तानी योजनामा न्युनतम प्रतिहजार ५५ रुपैयाँदेखि ५७ रुपैयाँसम्म नयाँ बोनसदर कायम गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आजिवन बीमा योजनामा न्युनतम प्रतिहजार ५२ रुपैयाँदेखि अधिकतम ६२ रुपैयाँसम्म नयाँ बोनसदर कायम गरेको छ ।
त्यस्तै, एकल बीमाशुल्क भुक्तानी योजनामा न्युनतम प्रतिहजार ४१ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म नयाँ बोनसदर कायम गरेको छ । साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस