aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ जेठ २०८०
युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं । युनिक नेपाल वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ । कम्पनीले जेठ ११ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको एफपीओ बिहीवार विक्री प्रबन्धक मुक्तानीथ क्यापिटलमा बाँडफाँट गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्काशन गरेको थियो । सो एफपीओमा १३ लाख ५७ हजार १८० जनाले १ करोड ५४ लाख २७ हजार ५३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १ हजार ४९३ आवेदन रद्द भएको छ भने १३ लाख ५५ हजार ६८७ आवेदन स्वीकृत भएको छ ।

स्वीकृत आवेदनमध्ये ३७ हजार ९४२ आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरीएको छ । जसमध्ये भाग्यमानी ५ जनालाई थप एक कित्ता अर्थात कुल ११ कित्ता बाँडफाँट गरिएको छ ।

साविक युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्ज भई बनेको यस कम्पनीमा संस्थापकतर्फ ९४ दशमलव शून्य १ प्रतिशत र सर्वसाधारणतर्फ ५ दशमलव ९९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा छुट्याउनुपर्ने व्यवस्था अनुसार एफपीओ जारी गरेको हो । यस कम्पनीमा मर्ज भएको घोडीघोडा लघुवित्तले पहिलानै आईपीओ जारी गरिसकेको थियो ।

युनिक नेपालले आईपीओ जारी गर्न बाँकी रहेको शेयरपूँजीलाई धितोपत्र जारी गर्दा आईपीओ नामबाट जारी गर्न नमिल्ने भइकाले सोही आईपीओ जारी गर्न बाँकी रहेको रकमलाई एफपीओ विधिबाट विक्री गरेको हो ।

प्रतिक्रिया दिनुहोस