aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत लाभांश असार १५ गते पारित हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ जेठ २०८०
नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत लाभांश असार १५ गते पारित हुदैं

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले असार १५ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । जेठ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिका स्थान, काठमाडौंमा बिहान सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम रुप दिनेछ ।

कम्पनीले यस वर्ष गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १२ अर्ब २३ करोड २५ लाखको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार पुग्नेछ ।

सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव समेत सभाले पारित गर्नेछ ।साधारण सभा प्रयोजना लागि कम्पनीले असार ७ गते एक दिन बुक क्लोज गर्नेछ । बुक क्लोजको आधारमा असार ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले सर्वसाधारणमा आईपीओ जारीपछि तीन आर्थिक वर्ष निरन्तर लाभांश वितरण गर्दै आएको छ । यस अघि आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट कुल १९ प्रतिशत र आर्थिक वर्ष ०७७/७८ मुनाफाबाट कुल ५ दशमलव २६३२ प्रतिशत लाभांश कम्पनीले वितरण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस