
काठमाडौँ । यहि असार १ गते अर्थात् आउँदो शुक्रबार देखी प्रिमियममा आईपीओ निष्कासन गर्न लागेको आइएमई लाइफ इन्योरेन्सको शेयर खरिद गर्दा नाफा होला कि घाटा भन्ने संशय धेरै लगानीकर्तामा छ । यस्तो दुबिधा अन्त्य गर्ने एउटै मात्र उपाय हो, सो कम्पनीका वित्तीय परिसूचक अध्ययन गर्ने र भविष्यको रणनीतिबारे बुझ्ने ।
यसै हप्ता वैदेशिक रोजगारमा गएका नेपाली र असार २० गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि आइपिओ निष्कासन गर्न लागेको यो कम्पनीको यसपछि न्यूनतम चुक्ता पुँजी ५ अर्ब पुर्याउन यसलाई निकै सहज हुनेछ । यसका लागि यो कम्पनीले कम्तीमा २५ प्रतिशत बोनस शेयर दिन सक्ने देखिएको छ ।
यो कम्पनीले सर्वसाधारण समुहको एक करोड २० लाख कित्ता सेयर मध्ये ६ लाख कित्ता कर्मचारीहरूलाई आधार मूल्यमै बिक्री गर्नेछ । बाँकी एक करोड १४ लाख कित्ता शेयर प्रति कित्ता २३६.९१ रुपैयाँको दरमा निष्कासन गर्ने तयारीमा कम्पनी रहेको छ ।
यसरी बिक्री गर्दा आधार मूल्य बाहेक प्रिमियम मूल्य १३६.९१ रुपैयाँको दरले एक करोड १४ लाख कित्ता शेयर बिक्री गर्दा कम्पनीले एक अर्ब ५६ करोड रुपैयाँ प्रिमियम आर्जन गर्नेछ । त्यसको २५ प्रतिशत आयकर तिर्दा राज्यलाई यसले ३९ करोड रुपैयाँ बुझाउने छ । बाँकी १ अर्ब १७ करोड कम्पनीले प्रिमियमबाट आर्जन गर्ने छ । जुन रकम लाभांशका रुपमा रहने छ ।
यसरी आइपिओ निष्कासन पछि आइएमई लाइफको चुक्ता पुँजी ४ अर्ब कायम हुनेछ । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्यूनतम चुक्ता पुँजी ५ अर्ब जसरी पनि जुटाउनै पर्ने बाध्यतामा रहेको यो कम्पनीले त्यसपछि कम्तीमा पनि २५ प्रतिशत बोनस शेयर वितरण गर्नै पर्नेछ ।
यो कम्पनीलाई के पनि सजिलो छ भने यसले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार जगेडा कोषमा थप एक अर्ब भन्दा माथि रकम रहेको छ । यसरी प्रिमियम र जगेडा कोषमा रहेको रकम एक अर्ब नाघ्ने भएकाले यस वर्ष २५ प्रतिशत बोनस शेयर र आगामी वर्षमा समेत लगानीकर्ताहरू खुसी हुनेगरी बोनस शेयर वितरण गर्न सक्ने क्षमता यसको रहेको देखिन्छ ।
यसरी प्रिमियममा नै सही यसको सेयर खरिद कर्ताले पहिलो वर्षमै २५ प्रतिशत प्रतिफल पाउन सक्ने अवस्था रहेको देखिन्छ। यदि कुनै लगानीकर्ताले प्राथमिक बजारबाट खरिद गरेको सेयर त्यतिकै राखेर बोनस सेयर बिक्री गर्दा मात्रै पनि उल्लेख्य मात्रामा आफ्नो लगानी उठाउन सक्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस