aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

होण्डा एक्सचेन्ज र फाईनान्स मेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ जेठ २०८०
होण्डा एक्सचेन्ज र फाईनान्स मेला

काठमाडौं । नेपालमै सर्बाधिक बिक्री हुने होण्डा मोटर बाईक को अधिकृत बिक्रेता स्याकार ट्रेडिंग कम्पनिले होण्डा ूएक्सचेन्ज र फाईनान्स मेला भैरहेको जनाएको छ। आफ्नो पुरानो मोटर बाईक संग होण्डाको कुनै पनि नयाँ बाईक साट्न पाइने यो मेलाबाट ग्राहक बर्गले अधिकतम लाभ लिईरहेको आयोजकको भनाई छ। 

मेलामा, आफ्नो पुरानो बाईक संग होण्डको कुनै पनि नयाँ बाईक साट्दा उच्च मूल्यांकन रकमका साथमा तुरुन्तै  पाँच हजार रुपैयाँ एक्सचेन्ज बोनस पनि पाइनेछ। र, साथमा  १० हजार रुपैयाँसम्मको आकर्षक स्क्र्याच कुपनले पनि धेरै भन्दा धेरै ग्राहक लाभान्वित भईरहेका छन्। 

यस, होण्डा एक्सचेन्ज र फाईनान्स मेलामा, सस्तो अग्रिम भुक्तानी र निक्कै कम ब्याज दरमा नयाँ होण्डा खरिद पनि गर्न सकिन्छ। होण्डा फाईनान्सु मार्फत मात्रै ५९,९९९ रुपैंयाको अग्रिम भुक्तानी र मात्रै १५ को ब्याजदरमा, मेला बाट नयाँ होण्डा चढी ग्राहकहरु सन्तुष्ट हुँदै फर्किरहेको, आयोजक स्याकार ट्रेडिंग कम्पनिको विश्वास छ।  

जुन १ देखि सुरु भएको यस मेलाका योजनाहरुमा सहभागी हुन हाललाई काठमान्डौका होण्डा मोटर बाईकको सबै डिलरहरुमा सम्पर्क गर्न सकिने छ भने छिट्टैनै होण्डा एक्सचेन्ज र फाईनान्स मेलाू देश भर पनि लागु हुने कम्पनिले जनाएको छ।  
 

प्रतिक्रिया दिनुहोस