aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल रिपब्लिका मिडियाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० जेठ २०८०
नेपाल रिपब्लिका मिडियाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल रिपब्लिका मिडिया लिमिटेडले सर्वसाधारणका लागि जेठ २६ गतेदेखि जारी गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि जेठ ३० गतेसम्म मात्र आईपीओ विक्री खुला गर्न लागेको हो ।

कम्पनीले सार्वजनिक निष्कासनमार्फत ३५ लाख २५ हजार ९३० कित्ता शेयर बिक्रीमा ल्याएको हो । जेठ २९ गतेसम्म कम्पनीको आईपीओ खरीदका लागि ९ लाख ८३ हजार २०० जना आवेदकहरूबाट १ करोड ७ लाख ४३ हजार ७४० कित्ता शेयर खरीद माग भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ ।

कम्पनीले यस अघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरी सर्वसाधारणमा आईपीओ जारी गरेको हो । कम्पनीले वैशाख ३१ गतेदेखि जेठ १४ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ३५ हजार ३०० कित्ता आईपीओ विक्री गरी जेठ २४ गते बाँडफाँट गरेको थियो ।

कम्पनीले आफ्नो जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४ दशमलव ९९२२ प्रतिशत आईपीओ विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ४३ करोड ५३ लाख रुपैयाँ बराबरका ४३ लाख ५३ हजार कित्ता शेयर विक्री गर्न अनुमति पाएसँगै कम्पनीले कुल कित्ता शेयरमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा १० प्रतिशत शेयर विक्री गरेको थियो । 

कुल कित्ता शेयरमध्ये १ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ ।  

यो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । यस कम्पनीले २०६६ साल बैशाख ११ गतेदेखि नागरिक दैनिक र रिपब्लिका दैनिक पत्रिकाहरू प्रकाशन गर्न सुरु गरेको हो ।

हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ताभएको पूँजी ५३ करोड २२ लाख रहेको छ । कुल शेयरपूँजीमा संस्थापक तर्फको ५५ दशमलव ००७८ प्रतिशत शेयर स्वामित्व कायम रहेको हो ।

प्रतिक्रिया दिनुहोस