aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

रावा इनर्जीको आईपीओ बाँडफाँट, भाग्यमानी ७ जनाले पाए ११ कित्ता शेयर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० जेठ २०८०
रावा इनर्जीको आईपीओ बाँडफाँट, भाग्यमानी ७ जनाले पाए ११ कित्ता शेयर

काठमाडौं । रावा इनर्जी पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । मंगलवार विक्री प्रबन्धक प्रभु क्यापिटल कमलादीमा बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा ११ लाख ८५ हजार २०६ जना आवेदकले  १ करोड २९ लाख ८६ हजार ३९० कित्ताका लागि आवेदन दिएका थिए । १० लाख ७७ हजार ७४० जना योग्य आवेदकलाई शेयर बाँडफाँट गरिएको हो ।

जसमध्ये ६४ हजार ३६६ आवेदकले १० कित्ता दरले शेयर पाएका छन् । तिनै आवेदकमध्ये भाग्यमानी ७ जनाले थप १–१ कित्ता शेयर पाएका हुन ।    कम्पनीले जेठ १८ गते देखि २२ गतेसम्म ६ लाख ४३ हजार ६६७ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस