aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दुई कम्पनीले आईपीओ निष्कासन गर्न सेबोनमा दिए निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ जेठ २०८०
दुई कम्पनीले आईपीओ निष्कासन गर्न सेबोनमा दिए निवेदन

काठमाडमौं । दुई कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएका छन् । कान्तिपुर टेलिभिजन नेटवर्क र सानिमा हाइड्रोपावरले आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन्  ।

कान्तिपुर टेलिभिजन नेटवर्कले ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा जेठ २८ गते निवेदन दिएको हो । त्यस्तै, सानिमा हाइड्रोपावरले २४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि जेठ २६ गते सेबोनमा निवेदन दिएको हो ।   

दुबै कम्पनीको विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । सानिमा हाइड्रोपावरले आईपीओ निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाको लागि र वैदेशिक रोजगारीमा गएकालाई निष्कासन गर्नेछ ।    

प्रतिक्रिया दिनुहोस