aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लगानीकर्तालाई मनकामना दरौदीको शेयर खरीद नगर्न सेबोनको अुनरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ जेठ २०८०
लगानीकर्तालाई मनकामना दरौदीको शेयर खरीद नगर्न सेबोनको अुनरोध

काठमाडौं । नेपाल धितोपत्र बोर्ड सेबोनले लगानीकर्तालाई मनकामना दरौदी हाइड्रोपावर कम्पनीले निष्कासन गरेको शेयर खरीद नगर्न अनुरोध गरेको छ । सेबोनले एक सूचना जारी गर्दै कम्पनीको शेयर खरीद नगर्न अनुरोध गरेको हो ।

कम्पनीले स्वीकृति नलिइ सर्वसाधरणलाई लक्षित गरेर शेयर बिक्री खुला गरेको छ । जेठ २४ गते कम्पनीले एक सार्वजनिक सुचनामार्फत शेयर खरीद गर्नका लागि आह्वान गरेको थियो ।

नियामकीय प्रवाधान अनुसार शेयर जारी गर्नुअघि बोर्डबाट स्वीकृति लिनु पर्छ । एक पटकमा ५० भन्दा बढी व्यक्तिलाई शेयर विक्री गर्ने भएमा नियामको स्वीकृति आवश्यक पर्छ । स्वीकृति बिना नेपालमा शेयर निष्कास तथा बिक्री गर्नु गैरकानुनी हुने बोर्डले जनाएको छ ।

कम्पनीले कम्तिमा ५०० कित्ता शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिन भनेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ५०० कित्ता शेयर बिक्रीमा राखेको हो ।  

कम्पनीले गोरखाको दरौदी नदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना ९.८४ मेगावाट क्षमताको छ । आयोजनाको चुक्ता पुँजी बृद्धिका लागि कम्पनीले शेयर बिक्रीमा राखेको सुचनामा उल्लेख गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस