
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)मा गणेश कार्की अध्यक्षमा निर्वाचित भएका छन् । कार्की इप्यानको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन । आगामी कार्यकालका लागि बिहीबार निर्वाचन हुने भए पनि अध्यक्षसहित १८ जना निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समितिले जनाएको छ ।
उनको प्रतिस्पर्धी किरण मल्लको उम्मेदवारी खारेज गरेको छ। उनी निर्वाचन रोक्न अन्तरिम आदेश माग गर्दै उच्च अदालत पाटन गएका थिए। अदालतमा मुद्दा पनि हाल्ने र उम्मेदवारी पनि दर्ता गरेपछि उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि कार्कीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो।
वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्वाचित भएका छन्। उनी अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्नेछन्। इप्पानको संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुन इप्पानको पदाधिकारीमा एक कार्यकाल काम गरिसकेको हुनुपर्छ । उपाध्यक्षमा भरतबहादुर खत्री, उत्तम ब्लोन, रामप्रसाद आचार्य, आशिष गर्ग, आनन्द चौधरी निर्वाचित भएका छन्।
महासचिवमा बलराम खतिवडा, उपमहासचिवमा प्रकाशभन्द्र दुलाल निर्वाचित भएका छन्। सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल कँडेल, विक्रम विष्ट, हिमप्रसाद पाठक निर्वाचित भएका छन्। कोषाध्यक्षमा नरेन्द्र बल्ल निर्विरोध निर्वाचित भएका छन्।
कार्यसमितिका सात सदस्यका लागि १४ जनाको उम्मेदवारी दर्ता गराएका छन। त्यस्तै, महिला सदस्यमा इशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन कुमारी जोशी निर्वाचित भएका छन्।
प्रतिक्रिया दिनुहोस