
काठमाडौं । नेपालमै सर्बाधिक बिक्री हुने १२५ सिसिका मोटरबाइक होण्डा साइनले आफ्ना ग्राहकका लागि नयाँ आकर्षक अफर ल्याएको छ । नेपालका लागि होण्डा मोटरबाईकको अधिकृत बिक्रेता स्याकार ट्रेडिंग कम्पनिले उक्त अफर ल्याएको हो ।
अब होण्डा साइन मोटरबाईक मात्रै एक प्रतिशत ब्याज दरमा किन्न पाइनेछ । सर्वाधिक माइलेजका कारण उपभोक्ताहरुको रोजाईमा सधैं पर्न सफल होण्डा साइन बाइक खरिद गर्दा अब तुरुन्तै चार हजार पाँच सयसम्मको ‘क्यास ब्याक’ पनि पाउन सकिने कम्पनीले जनाएको छ ।
यो योजना जेठ १८ देखि अषाढ १५ सम्म मात्र कायम रहने छ । आरामदायी र आकर्षक होण्डा साइनमा उपलब्ध यो अवसरले ग्राहकहरुलाई भरपुर फाइदा पुग्नेमा कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस