
काठमाडौं । नेपाल बैंक लिमिटेडले स्थायी कर्मचारीको माग गरी विज्ञापन प्रकाशित गरेको छ । बैंकले रिक्त पदपूर्तिका लागि छैटौँदेखि चौथो तहसम्मका पदका लागि दरखास्त आव्हान गरेको हो ।
उक्त विज्ञापनमा बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने उल्लेख गरेको छ ।
योग्य नेपाली नागरिकले असार १ (आज) देखि असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस