
काठमाडौं । कुथेली बुखरी हाइड्रोपावर लिमिटेडले जेठ १९ गतेदेखि निष्कासन गरेको आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयमा अवधि थप भएको छ । माग बमोजिम आवेदन नपरेपछि स्थानीयमा असार ५ गतेसम्म आईपीओ विक्री खुला गर्न लागेको हो । आयोजना प्रभावित स्थानीयले भने आजसम्म मात्र आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी पूँजी रू. १२ करोड १८ लाख ६७ हजार ५०० को १० प्रतिशत अर्थात रू. १ करोड २१ लाख ८६ हजार ८०० बराबरको प्रतिशेयर रू. १०० दरका १ लाख २१ हजार ८६८ कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडाहरु) तथा भिमेश्वर नगरपालिका वडा नं. १ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडाहरु) का स्थानीय बासिन्दाहरूले यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् ।
स्थानीयसँगै दोस्रो चरण सर्वसाधारणमा जारी हुने आईपीओको १० प्रतिशतले हुन आउने रू. १२ लाख १८ हजार ६०० बराबरको प्रतिशेयर रू. १०० अंकित मूल्यका १२ हजार १८६ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री खुला गरिएको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धककम एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै स्थानीय बासिन्दाले लक्ष्मी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत आवेदन दिन सक्नेछन् ।
यस कम्पनीले दोलखा जिल्लामा ९९८ किलोवाट क्षमताको सुष्पा बुखरी खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ साल असोज ३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनको कुल लागत रू. २४ करोड ७५ लाख ५७ हजार ३३१ रहेको छ भने प्रतिमेगावाट लागत रू. २४ करोड ८० लाख ५३ हजार ४३७ रहेको छ ।
प्रतिक्रिया दिनुहोस