aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

निम्बस इन्टरनेशनल र कान्तिपुर कफीको ‘लेक्ट्रो’ विद्युतीय साइकलको पहिलो शोरुम पुलचोकमा खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०२ असार २०८०
निम्बस इन्टरनेशनल र कान्तिपुर कफीको ‘लेक्ट्रो’ विद्युतीय साइकलको पहिलो शोरुम पुलचोकमा खुल्यो

काठमाडौं । निम्बस समूहले  ‘लेक्ट्रो’ विद्युतीय साइकलको पहिलो शोरुम ललितपुरमा सञ्चालन गरेको छ । भारतीय अटोमोवाइल ब्राण्ड हिरोद्धारा उत्पादित लेक्ट्रोको शो रुम स्थापना गरेको हो । 

 निम्बस इन्टरनेशनलले कान्तिपुर कफीसँगको सहकार्यमा पुल्चोकमा आफ्नो पहिलो शोरुम सञ्चालनमा ल्याएको कम्पनीका निर्देशक आनन्द बगरिया बताए । उक्त  शोरुमको उद्घाटन शनिबार पूर्वमन्त्री केशब बडालले गरेका थिए । 

उक्त लेक्ट्रो साइकलहरुको  करिब ५० हजारदेखि डेढ लाख रुपियाँ मूल्यसम्मको रहेका कम्पनीले जानकारी दिएको छ ।  निम्बस इन्टरनेशनलका प्रवन्ध निर्देशक बगरियाले पछिल्लो समय साइकल कल्चरको विकास हुँदै गएको बताएका छन् । उनले भने,  साइकलले वातावरणीय तथा पेट्रोलियम पदार्थको प्रयोगलाई न्यूनीकरण गर्दै जाने कुरालाई समेत दृष्टिगत गरी साइकलको प्रयोग बढ्दै गएको छ । त्यसैले  निम्बस इन्टरनेशनलले  ‘लेक्ट्रो’ ब्राण्डका विद्युतीय साइकलहरुको बिक्री सुरु गरेको छ । 

कान्तिपुर कफीका अनिश बडालले निम्बस होल्डिङसँगको  सहकार्यमा फरक मोडलमा आफूहरुले व्यवसाय सुरु गरेको बताए । उनले कान्तिपुर कफी सञ्चालनमा आएको एक बर्ष भएको बताउँदै आफूहरुले ग्राहकहरुलाई नेपाली कफीको स्वादसँगै विभिन्न परिकारहरु पनि चलाउने र साइकलका पारखीहरुलाई साइकल किन्ने अवसर पनि प्रदान गर्ने सोचका साथ सहकार्य सुरु गरेको बताए । 

प्रतिक्रिया दिनुहोस