aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मर्सिडिज बेन्जले ‘मर्सिडिज भिजन वन–इलेभेन’ फ्युचरिस्टिक कन्सेप्ट कार ल्यायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ असार २०८०
मर्सिडिज बेन्जले ‘मर्सिडिज भिजन वन–इलेभेन’ फ्युचरिस्टिक कन्सेप्ट कार ल्यायो

एजेन्सी । जर्मन लक्जरी कार निर्माता कम्पनी मर्सिडिज बेन्जले ‘मर्सिडिज भिजन वन–इलेभेन’ फ्युचरिस्टिक कन्सेप्ट कार ल्याएको छ । कन्सेप्ट सुपरकारलाई कम्पनीले क्यालिफोर्नियाको कार्ल्सबाडस्थित मर्सिडिज बेन्जको इन्टरनेशनल डिजाइन सेन्टरमा डिजाइन र विकास गरेको हो।

मर्सिडिज बेन्ज भिजन वन-इलेभेन दुई सिटको इलेक्ट्रिक हाइपरकार कन्सेप्ट मोडेल हो। यो मर्सिडीज C111 कन्सेप्ट कारको अपग्रेडेड संस्करण हो ।  जुन कम्पनीले सन् १९७० को दशकमा ल्याएको थियो। मर्सिडिज सी १११ कन्सेप्ट कारलाई सम्मान गर्न कम्पनीले भिजन वन–इलेभेन कन्सेप्ट कारको विकास गरेको छ ।

कम्पनीले मर्सिडिज बेन्ज भिजन वन–इलेभेन कारको उचाइ ११६८ एमएम मात्र राखेको छ । यसमा ग्राउण्ड क्लियरेन्स एकदमै कम छ, जसका कारण यो पूरै जमिनमा टाँसिएको देखिन्छ। कम्पनीले कारमा कति ग्राउन्ड क्लियरेन्स उपलब्ध छ भन्ने बारे जानकारी दिएको छैन ।

कम्पनीले कारको इन्टेरियरलाई पनि फ्युचरिस्टिक बनाएको छ । कारको केबिनमा कम्पनीले निकै ठूलो स्क्रिन दिएको छ, जुन ड्राइभरको साइडबाट यात्रुको छेउमा जान्छ । कारको इन्टेरियरमा सेतो, सुन्तला र सिल्भर कलर प्रयोग गरिएको छ । यससँगै कारमा दुईवटा ढोका पनि दिइएको छ, जुन माथितिर खुल्छ ।

कम्पनीले यो कन्सेप्ट कार कहिले लन्च गर्ने भन्ने बारे आधिकारिक जानकारी दिइएको छैन । मिडिया रिपोर्टका अनुसार कम्पनीले यस कारको डिजाइन र फिचर एएमजी इलेक्ट्रिक मोडलमा प्रयोग गर्न सक्नेछ ।

कन्सेप्ट कारहरू भविष्यका कारहरूको लागि प्रस्तावहरू हुन्। कन्सेप्ट कार प्रस्तुत गर्दै कम्पनीले आफ्ना ग्राहकहरुलाई भविष्यमा कस्तो प्रकारको कार बनाउने सोच रहेको छ भन्ने जानकारी दिएको छ । तर, जब कन्सेप्ट कार वास्तवमा लन्च हुन्छ । यसमा धेरै परिवर्तनहरू देखिन्छन्। कन्सेप्ट कारहरू मार्फत कम्पनीहरूले आफ्ना उत्पादनहरूमा मानिसहरूको चासो बढाउँछन्।

प्रतिक्रिया दिनुहोस