
काठमाडौं । कृषि औजार कारखाना बीरगंजमा राष्ट्रिय आविष्कार केन्द्रका ईन्जिनियर र टेक्निसियनहरुले काम गर्दै गरेको भिडियो महाविर पुनले सार्वजनिक गरेका छन् । उक्त स्थानमा मशिनहरु मर्मत गर्ने काम मात्र नगर्ने बाख्रा पनि पालेका र धान रोप्नको लागी बिउ पनि लगाएका छन् पुनले सार्वजनिक गरेको भिडियोमा देखिएको छ।
उनले सामाजिक सञ्जालमा पुनले लेखेका छन, 'त्यहाको ६ बिघा जति बाँझो जग्गा खालि राखिने छैन । माछा पाल्न पोखरी पनि खन्दैछन । यसरी उनीहरुले आफुले खाने अन्न, तरकारी, माछा मासु र फलफुल पनि आफैले उत्पादन गर्छन । यहाँ उब्जनी भएको अन्न र अरु खानेकुराले कीर्तिपुर र पोखराको अनुसन्धान केन्द्रमा काम गर्नेहरुलाई पनि पुर्याईनेछ । बिगत पांच महिनादेखि मर्मत सम्भारको कामहरु भैरहेको छ र करिब ७५ प्रतिशत मशिनहरु बनेको उनले दावी गरेका छन् ।'
प्रतिक्रिया दिनुहोस