
काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यस वर्ष कम्पनी खुद नोक्सानीमा गएको छ । तेस्रो त्रैमाससम्म कम्पनी रू. ५ करोडभन्दा बढी खुद नोक्सानीमा गएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ५० लाख ८३ हजारभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी घटेको छ भने वित्तीय खर्च बढेको छ । गत वर्ष रू. ८ करोड ३७ लाखभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ६ करोड ५५ लाखभन्दा बढीमात्र यो आम्दानी गरेको हो । वित्तीय खर्च भने गत वर्ष रू. ५ करोड २१ लाखभन्दा बढी रहेकोमा यस वर्ष रू. ७ करोड ३४ लाखभन्दा बढी भएको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ४० करोड २ लाख ६७ हजार रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम भने रू. ९ करोड ७८ लाखभन्दा बढी ऋणात्मक रहेको छ ।
दिर्घकालिन कर्जा यस वर्ष रू. ७१ करोड २८ लाखभन्दा बढी कायम भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको दिर्घकालिन कर्जा रकम रू. ७२ करोड ४३ लाखभन्दा बढी कायम भएको छ । अल्पकालिन कर्जा यस वर्ष रू. ७ करोड ६६ लाखभन्दा बढी रहेको छ । यो कर्जा गत वर्ष रू. २ करोड मात्र रहेको छ । कम्पनी तेस्रो त्रैमाससम्म रू. १२ दशमलव ५१ प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ७५ दशमलव ५६ रहेको छ ।
प्रतिक्रिया दिनुहोस