aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

फिल्म ‘आदिपुरुष’ अब नेपालको अर्को शहरमा पनि नचल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ असार २०८०
फिल्म ‘आदिपुरुष’ अब नेपालको अर्को शहरमा पनि नचल्ने

काठमाडौं । फिल्म ‘आदिपुरुष’ को प्रदर्शन काठमाडौं महानगरपालिका बाहिर पनि रोक लगाउन थालिएको छ । फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन’ भन्ने संवाद नसच्चिएसम्म नेपालमा चलिचत्र नचलाउने काठमाडौं महानगरका मेयर बालेन्द्र साहको घोषणापछि देशैभरीका हलमा रोक लगाउने  होड चलेको छ ।  

यहि अभियानको क्रममा पोखरा महानगरपालिकाले पनि आफ्नो नगर क्षेत्रका हलमा फिल्म रोक्न पत्राचार गरेका छन् । मेयर धनराज आचार्यले एक पत्र लेख्दै स्थानीय श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउनलाई फिल्म रोक्न पत्र पठाएको हो । आदिपुरुष विवादमा काठमाडौं महानगरपालिकाले आज सोमबारदेखि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ । 

प्रतिक्रिया दिनुहोस