
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ लागो सार्वजनिक गरेको छ । नेपाल बीमा प्राधिकरणले यही जेठ २९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ ।
आषाढ महिना भित्र एकीकृत कारोबार गर्ने गरी दुवै कम्पनीको संयुक्त मर्जर समिति, सञ्चालक समिति र व्यवस्थापन समूह तयारीमा लागि सकेको छ । यसै सिलसिलामा संयुक्त मर्जर समितिको निर्णय अनुसार दुवै कम्पनीको भावना प्रतिबिम्बित हुने गरी तयार गरिएको तथा एकीकृत कारोबार पछि प्रचलनमा ल्याइने “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” को लोगो सार्वजनिक गरेको हो ।
प्रभु लाइफ र महालक्ष्मी लाइफको देशैभरि १६७ शाखा उपशाखा सञ्चालनमा भई ४४९ कर्मचारी कार्यरत रहेका छन् । प्रभु लाइफको बोनस शेयर जारी पछि दुवै कम्पनीको गरी ४२९.६ करोड चुक्ता पुँजी हुनेछ । बीमा प्राधिकरणले तोकेको ५०० करोड चुक्ता पुँजीको लागि एकीकृत कारोबार पछि ९० करोड बराबर प्रिमियम मुल्यमा एफपिओ जारी गर्ने सहमति भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस