aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

साङ्गे विद्युतले असार १९ गतेदेखि हकप्रद शेयर बिक्री गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ असार २०८०
साङ्गे विद्युतले असार १९ गतेदेखि हकप्रद शेयर बिक्री गर्दै

काठमाडौं । साङ्गे विद्युत कम्पनीले असार १९ गतेदेखि ८०० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीको जेठ २८ गतेको सञ्चालक समितिको निर्णय बमोजिम प्रतिकित्ता रू. ५० का दरले १ बराबर ८ को अनुपातमा २३ लाख ६८ हजार १२२ कित्ता हकप्रद शेयर विक्री खुला गर्न लागिएको हो । 

सम्बन्धित शेयरधनीहरूले साउन २२ गतेभित्र प्रतिशेयर रू. ५० का दरले हुन आउने रकम जम्मा गरी सो को बैंक भौचर दरखास्त फारम साथ संलग्न गर्न कम्पनीले भनेको छ । हकप्रद वापतको रकम प्राइम कमर्सियल बैंक लिमिटेडको न्यूप्लाजा, काठमाडौंमा रहेको खाता नम्बर ११३०५४०CA मा जम्मा गर्नुपर्नेछ । 

हाल कम्पनीको प्रति कित्ता शेयरको दर रू. ५० कायम भैसकेकाले आफ्नो शेयर संख्यालाई २ गुणा गरी हकप्रद भर्न कम्पनीले अनुरोध गरेको छ । शेयरधनीहरूले आफ्नो हक वा सोभन्दा बढी शेयर खरीद गर्न आवेदन दिन सक्ने जानकारी समेत कम्पनीले दिएको छ । 

कबुल नगरिएको सम्पूर्ण हकप्रद शेयरहरू बढी शेयर खरीदका लागि आवेदन दिने शेयरधनीलाई निजको शेयर अनुपातमा विक्री गरिने भनाई कम्पनीको छ । हकप्रद खरीदका लागि दरखास्त फारम साङ्गे विद्युतको कार्यालय त्रिपुरेश्वर, काठमाडौबाट प्राप्त गर्न र बुझाउन सकिनेछ । हकप्रद शेयर प्रयोजनका लागि असार ११ गतेदेखि १८ गतेसम्म शेयरधनी दर्ता किताव बन्द गरिनेछ । 
 

प्रतिक्रिया दिनुहोस