aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

उत्पादनमा मूल्यको ग्यारेन्टी नभएसम्म कृषिलाई अर्थतन्त्रको खम्बा बनाउन सकिदैनः ओली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ असार २०८०
उत्पादनमा मूल्यको ग्यारेन्टी नभएसम्म कृषिलाई अर्थतन्त्रको खम्बा बनाउन सकिदैनः ओली

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले किसानहरूलाई आफ्नो उत्पादनको मूल्य र आम्दानीको ग्यारेन्टी नगरेसम्म कृषिलाई अर्थतन्त्रको बलियो खम्बा बनाउन नसकिने बताएका छन् । सोमबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।  

उनले लेखेका छन्, ‘जबसम्म हामी किसानलाई उनीहरूका उत्पादनको उचित मूल्य र  आम्दानीको ग्यारेन्टी गर्न सक्दैनौँ, तबसम्म हामी कृषिलाई अर्थतन्त्र र  रोजगारीको बलियो खम्बा बनाउन सक्दैनौँ ।’ 

उनका अनुसार एकातिर करिब चार सय अर्ब रुपैयाँको कृषिजन्य वस्तु आयत गरिरहेका छौँ । अर्कोतिर हाम्रा कृषि उत्पादनले मूल्य नपाएर सडकमा फालिएको छ । किसानले मेहनतपूर्वक पसिना बगाएर गरेको उत्पादन सडकमा फालेको यस्तो दृश्य देख्दा मन थाम्न मुस्किल हुने ओलीले बताएका छन् । 

 

 

प्रतिक्रिया दिनुहोस