काठमाडौं । नेपाली बजारमा नयाँ मोडलको विद्युतिय स्कुटर भित्रिएको छ । स्ट्रोम मेटिएरले चीनको सिचुवान अक्लाइन कम्पनीको रेड के–टी ५ मोडलको स्कुटर नेपाली बजारमा भित्र्याएको हो ।
स्ट्रोम मेटिएरको नेपालका लागि आधिकारीक विक्रेता हङकङ चाइना ट्रेड लिंक बजार प्रबन्धक विजय श्रेष्ठका अनुसार यो स्कुटर एक हप्ता अगाडी नेपाली बजारमा ल्याइएको हो । नेपाली बजारमा विद्युतीय सवारी साधनको आकर्षण बढिरहेको छ । यस्ता ग्राहकहरूलाई मध्यनजर गर्दै यो स्कुटर ल्याइएको हो ।
यस स्कुटरमा प्रयोग भएको ब्याट्री 72V/60AH Ternary Lithium Battery र यसको क्षमता ४.४ किलोवाट रहेको छ । यस स्कुटरको मूल्य तीन लाख ५० हजार रहेको छ । तर, कम्पनीले विशेष छुटमा तीन लाख रुपैयाँमा बिक्री गर्ने जनाएको छ ।
कम्पनीले ललितपुरको बालकुमारीमा नयाँ शोरुम सञ्चालन गर्ने भएको छ । हङकङ चाइना ट्रेड लिंक बजार प्रबन्धक श्रेष्ठले भने, ‘हामीले नयाँ शोरुम सञ्चालन गर्न लागेका छौँ । दुई साताभित्र बालकुमारीमा शोरुम सञ्चालनमा ल्याउन लागेका छौँ ।’
प्रतिक्रिया दिनुहोस