aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ईङ्वा हाइड्रोपावरको आइपीओ मंगलवारदेखि कारोबारमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ असार २०८०
ईङ्वा हाइड्रोपावरको आइपीओ मंगलवारदेखि कारोबारमा आउने

काठमाडौं । ईङ्वा हाइड्रोपावर कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमवार नेप्सेमा कम्पनीको कुल ६० लाख कित्ता आईपीओ सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण शेयरधनी, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरूलाई निष्कासन गरेको कुल १८ लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ४२ लाख गरी कुल ६० लाख कित्ता शेयर सूचीकृत गराएको हो । 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. ९७ दशमलव २९ देखि २९१ दशमलव ८७ ओपन रेञ्ज तोकेको छ । नेप्सेले तोकेको ओपन रेञ्जको आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस