aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

इलोन मस्कको विद्युतीय गाडी उद्योग भारतमा खोल्ने सपना पुरा होला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ असार २०८०
इलोन मस्कको विद्युतीय गाडी उद्योग भारतमा खोल्ने सपना पुरा होला ?

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्कसँग प्रधानमन्त्री नरेन्द्र मोदीले जुन २१ मा अमेरिकाको न्यूयोर्कमा भेट्दैछन् । टेस्लाका सीईओ एलोन मस्कसँग भारतमा विद्युतीय कार बनाउनको लागि निर्माण इकाई स्थापना गर्न चाहेको थियो । उक्त भेटमा  गत वर्ष टेस्लाले भारत आउने इच्छा व्यक्त गरे पनि त्यसपछि कम्पनी र सरकारबीच वार्ता हुन सकेन । टेस्लाले पूर्ण रूपमा एसेम्बल भएका सवारी साधनमा आयात शुल्क १०० प्रतिशतबाट घटाएर ४० प्रतिशतमा झार्न सरकारसँग माग गरेको थियो ।

कम्पनीले आफ्ना सवारी साधनलाई विलासी नभई विद्युतीय सवारी साधनको रुपमा हेर्न चाहेको तर सरकारले अन्य मुलुकबाट आयात हुने विद्युतीय सवारीमा आयात शुल्क माफ गर्ने वा घटाउने मनसाय नरहेको बताएको थियो । मिडिया रिपोर्टका अनुसार टेस्ला अधिकारीहरूले मे १७ मा भारतीय सरकारी अधिकारीहरूसँग भेट गरेका थिए। उक्त बैठकमा कम्पनीले भारतमा विद्युतीय कार बनाउन निर्माण इकाई स्थापना गर्ने इच्छा व्यक्त गरेको थियो ।

एलोन मस्कले प्रधानमन्त्री मोदीसँगको भेटमा टेस्लाको भारत प्रवेशको बारेमा कुरा गर्न सक्छन्। यद्यपि बैठकको एजेण्डाबारे सरकार वा टेस्लाले आधिकारिक रूपमा अहिलेसम्म कुनै जानकारी दिएको छैन। सरकारले टेस्लाले भारतमा उत्पादन कारखाना स्थापना गर्ने प्रतिबद्धता गरेमा आयातमा सहुलियत दिनेबारे विचार गर्ने बताएको थियो । तर, एलोन मस्क पहिले भारतमा कार बेच्न चाहन्थे, त्यसपछि उत्पादन प्लान्ट स्थापना गर्ने सोचमा थिए ।

अमेरिका–चीनबीचको बढ्दो तनावका कारण कम्पनीहरूले चीनबाट भारतमा निर्माण इकाई सार्न थालेका छन् । भूराजनीतिक तनाव र कोरोना महामारीपछि एप्पललगायत अन्य अमेरिकी टेक दिग्गजहरूले पनि चीनबाहिर आफ्नो उत्पादन सुविधा विस्तार गर्ने काम गरिरहेका छन् । 

टेस्ला ६६.२ बिलियन डलरको ब्रान्ड मूल्याङ्कन भएको विश्वको सबैभन्दा मूल्यवान अटोमोबाइल कम्पनी हो। टेस्लाले दुई महिनाअघि जर्मन अटोमोबाइल कम्पनी ‘मर्सिडिज बेन्ज’लाई पछि पार्दै यो उपाधि हासिल गरेको हो ।

ग्लोबल ब्रान्ड मूल्याङ्कन र रणनीति परामर्श ब्रान्ड फाइनान्सको नयाँ प्रतिवेदन अनुसार मर्सिडीज बेन्जको ब्रान्ड मूल्याङ्कन ३ प्रतिशतले घटेर ५८.८ बिलियन डलर पुगेको छ। योसँगै जापानको टोयोटा ५२.४ बिलियन डलरको ब्रान्ड भ्यालुएसनको साथ यो सूचीमा तेस्रो नम्बरमा छ। एलोन मस्क बाहेक प्रधानमन्त्री मोदीले न्यूयोर्कमा नोबेल पुरस्कार विजेता, अर्थशास्त्री, कलाकार, स्वास्थ्य विशेषज्ञ र अन्यसँग पनि भेट गर्नेछन्।

प्रतिक्रिया दिनुहोस