
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले प्रस्ताव गरेको कुल ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १२ अर्ब २३ करोड २५ लाख रहेको छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार पुग्नेछ । सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव समेत सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजना लागि कम्पनीले असार ७ गते एक दिन बुक क्लोज गर्ने भएकाले असार ६ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।
कम्पनीले सर्वसाधारणमा आईपीओ जारीपछि तीन आर्थिक वर्ष निरन्तर लाभांश वितरण गर्दै आएको छ । यस अघि आर्थिक वर्ष ०७६÷७७ को मुनाफाबाट कुल १९ प्रतिशत र आर्थिक वर्ष ०७७÷७८ मुनाफाबाट कुल ५ दशमलव २६३२ प्रतिशत लाभांश कम्पनीले वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस