
काठमाडौं । नेपाली कामदारका लागि बेलायतमा पठाउने बाटो खुलेको छ । मंगलबार बसेको मन्त्रिपषिद्को बैठकले नेपाली कामदार बेलायत पठाउनका लागि द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना स्वीकृत गरेपछि नेपाली कामदारका लागि बेलायत काम गर्न जाने बाटो खुलेको हो ।
गत वर्ष भदौ ६ गते नेपाल र बेलायतबीच सरकार सरकारबीच(जीटूजी) को समझदारी मोडलमा श्रम सम्झौता गरेको थियो । बेलायतमा नर्स र स्वास्थ्य क्षेत्रमा कामदार पठाउने सम्बन्धी सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट हस्ताक्षर भइसकेको छ ।
श्रम सम्झौता अनुसार अब नेपालबाट नर्स मात्र नभई ल्याब असिस्टेन्ट, अनमी, बीएन, फार्मेसिस्टलगायत पनि पठाउने छ । पहिलो चरणमा कम्तीमा एक हजार नर्स जानेछन् ।
प्रतिक्रिया दिनुहोस