aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मर्जरपछि बनेको हिमालयन लाइफको शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ असार २०८०
मर्जरपछि बनेको हिमालयन लाइफको शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन लाइफ इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । साविको यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफबीच मर्जर पछि बनेको हिमालयन लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

साविकको ३ वटा कम्पनीहरु एक आपसमा गाभिदा १ः१ः१ को अनुपातमा कायम हुन आएको ८ करोड २ लाख ३ हजार ८३७  दशमलव शून्य २ कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि ३४६ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा भोलि बिहीबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

कम्पनीको शेयरलाई नेप्सेले एचएलआई कारोबार संकेत प्रदान गरेको छ । त्यस्तै नेप्सले मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर कारोबार फुकुवा गरेको पनि जनाएको छ । साविकको यूनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफको शेयर सूचीकरण समेत खारेज भएर हिमालयन लाइफ इन्स्योरेन्सको नाममा कायम भएको जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस