aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

४० प्रतिशत हकप्रद निष्कासनका लागि अपि पावरले पायो बोर्डको स्वीकृति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ असार २०८०
४० प्रतिशत हकप्रद निष्कासनका लागि अपि पावरले पायो बोर्डको स्वीकृति

काठमाडौं । अपि पावर कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । गत चैत ६ गते हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन पेश गरेको कम्पनीले असार ६ गते बोर्डबाट अनुमति पाएको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्न बोर्डको अनुमति पाएको हो । ४० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब ७८ करोड ६५ लाखभन्दा बढी पुग्नेछ ।

कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस