aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

काठका पोल विस्थापन गर्न ५० अर्ब बजेट आवश्यक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ असार २०८०
काठका पोल विस्थापन गर्न ५० अर्ब बजेट आवश्यक

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठका पोल विस्थापन गर्न ५० अर्ब बजेट आवश्यक रहेको बताएका छन् । उनले देशभरका काठका पोल विस्थापन गर्न तथा जीर्ण पोलको सट्टामा नयाँ राख्नमात्रै पनि ५० अर्ब रुपैयाँ बराबरको बजेट आवश्यक भएको बताएका हुन् । 

प्राधिकरणका तर्फबाट गर्न सकिने कामलाई द्रुतगतिमा अगाडि बढाइएको जानकारी दिँदै उनले उपभोक्ताका तर्फबाट प्राप्त हुने गुनासोलाई पनि कार्यविधि बनाएर सम्बोधन गरिएको बताए । कार्यकारी निर्देशक घिसिङले सहरी क्षेत्रमा तार भूमिगत गर्न कठिनाइ रहेको र त्यसमा सबै सरकारी निकायको समन्वय जरुरी रहेको बताए ।  

प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा घिसिङले पाँच वर्षअघि ६० प्रतिशत घरधुरीमा बिजुली पुगेको उल्लेख गर्दै हाल ९५ प्रतिशत घरधुरीमा बिजुली पुगेको जानकारी दिए । विद्युतीय पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट नभएको उल्लेख गर्दै उनले प्राधिकरणले गरेको लगानीको पनि प्रभावकारी प्रतिफल देखापरेको स्पष्ट पारे ।  

प्रतिक्रिया दिनुहोस