
काठमाडौं । घोराहि सिमेन्ट ईण्डष्ट्रिको प्रिमियम मूल्यमा आई.पि.ओमा शेयर निष्काशनको खुल्ला अवधि भित्र उद्योगको व्यावसायिक प्रतिष्ठा र ख्याति माथी नकारात्मक असर पुयाउने उद्धेश्यले प्रेषित भ्रमपूर्ण र गलत सूचना प्रवाह प्रति यस उद्योगको गंभिर रुपमा ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले बदनियतपुर्ण अनर्गल प्रचारको क्रममा उठाईएका सम्पूर्ण विषयहरुको बारेमा पूर्ण पारदर्शि रुपमा स्पष्ट पार्न समेत आग्रह गरेको छ ।
शेयरको सार्वजनिक निष्काशन हुनुभन्दा पहिले कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायत विभिन्न नियामक निकायहरुको पूर्ण सहभागितामा नै कम्पनीको सार्वजनिक निष्कासनको प्रक्रिया अघि बढेको कम्पनीले दावी गरेको छ । निष्काशनको अनुमती प्राप्त गर्ने सन्दर्भमा उधोगबाट पेश भएका विवरण पत्र, वितिय विवरण, तथा क्रेडिट रेटिङ्ग प्रतिवेदन लगायतका सम्पूर्ण कागजात तथा विवरणहरुको जिम्मेवारी लिन उद्योग तयार रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
धितोपत्र बोर्डद्धारा स्वीकृत भए पश्चात निष्काशन प्रक्रिया सुरु भई प्रभावित क्षेत्रका स्थानिय जनता, वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरु, कम्पनीका कर्मचारी तथा म्युचुअल फण्डलाई सम्पूर्ण प्रकृया सम्पन्न गरि शेयर बाँडफाँड भईसकेको अवस्था छ । सर्वसाधारणको लागि खुल्ला भएको अवधिको चौथो कार्य दिनको अन्तिम समयमा भएको स्थगनको निर्णयले शेयर निष्काशन प्रक्रियामा अवरोध उत्पन्न हुन पुगेको छ । सार्वजानिक निष्काशन स्थगन गर्ने पत्रमा घोराहि सिमेन्टलाई बोधार्थ मात्र दिईएको छ ।
क्रेडिट रेटिङ्ग प्रक्रिया एक विशिष्ट प्रकारको विधिबाट सम्पन्न हुने र सो प्रक्रियामा विदेशका विषय विज्ञहरुको विश्लेषण र मुल्याङ्कनबाट हुने हुँदा सो प्रक्रियामा उद्योग प्रबर्धकहरुको तर्फबाट प्रभावित पारेको हुन सक्ने भन्ने कुरामा कुनै सत्यता नभएको प्रष्ट जारी विज्ञप्तिमा उल्लेख गरेको छ । नियामक धितोपत्र बोर्डले क्रेडिट रेटिङ्ग सम्बन्धमा सम्बन्धित क्रेडिट रेटिङ्ग कम्पनीबाट व्यहोरा जानकारी लिने तथा झुठा आवेदनको सम्बन्धमा कानुन बमोजिमको प्रक्रिया अवलम्बन गरि तत्काल नै रोकिन गएको शेयरको सार्वजनिक निष्कासनको प्रक्रिया सुचारु गर्नेमा उद्योग विश्वस्त रहेको दावी गरेको छ ।
अमूल्य विदेशी मुद्रा संचिति तथा स्वदेशमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरि ३००० भन्दा बढी जनशक्तीलाई रोजगारी प्रदान गरेको कम्पनीको दावी गरेको छ । स्वदेशी लगानीकर्ताहरुबाट प्रवद्र्धित देशकै ठूलोमध्ये एक उद्योगलाई निरुत्साहित गर्ने कार्यमा सम्लग्न लगानी विरोधि समूह तथा सो समुहबाट प्रायोजित कार्य तथा समाचार प्रति उद्योगले खेद व्यक्त गर्दै विज्ञप्ति जारी गरेको छ । यस उद्योगमा लगानी गर्ने शेयरहोल्डर, आवेदनकर्ता, तथा सम्बन्धीत सबैको लगानी सुरक्षाको प्रत्याभुतिको लागि उद्योग पूर्ण रुपमा प्रतिवद्ध रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस